काठमाडौं । जसपा विवादका बीच अध्यक्ष उपेन्द्र यादवको अध्यक्षमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी भएका ९ जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ ।
यादवको अध्यक्षतामा विहीबार बसेको कार्यकारिणी समितिले मन्त्रीहरु राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव र राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाई पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको हो ।
यादव समूहले अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई यसअघि नै पार्टीबाट निष्कासित गर्दै निर्वाचन आयोगमा विवरण नवीकरणका लागि निवेदन दिए पनि निर्वाचन आयोगले भने सो निवेदन अस्वीकार गरिसकेको छ । महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई गरेको कारबाहीलाई आयोगले अस्वीकार गरेको छ।
उपेन्द्र समूहले पार्टीमा आधिकारिकता दावीका लागि फेरि निर्वाचन आयोग जाने निर्णय गरेको छ । यस्तै बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उनीहरुलाई पार्टीले यसअघि पदमुक्त गरे पनि सर्वोच्च अदालतले सांसद पदमा पुनःबहाली गरिदिएको थियो । उनीहरु एमाले नेतृत्वको सरकारमा मन्त्री छन् ।
यस्तै बैठकले चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको एक नेताले जानकारी दिए। बैठकले बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको पनि उनले बताए। यस्तै बाढ़ी पहिरो पीड़ितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend