Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टीको आधिकारिकता दावी गर्न यादव पक्ष निर्वाचन आयोग जाने


    बिहिबार, असार ३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । दुई अध्यक्षबीच आधिकारिकता विवादमा परेको जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ ।

    ५१ सदस्सीय कार्यकारिणी समितिका ३० सदस्य उपस्थित यादव पक्षको आज बैठकले आधिकारिकता दावी गर्न आयोगमा उपस्थित हुने निर्णय कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले जानकारी दिए ।

    ‘बैठकले आधिकारिकता दावी गर्न नागरिकतासहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ,’ राईले भने ।

    अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि आधिकारिकता दावी गरेको छ । दुवै अध्यक्षले एक अर्कालाई कारबाही गरेका छन् । दुवैले कारबाही गरेको सूचना अद्यावधिक गर्न निवार्चन आयोगले अस्वीकार गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार