काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले महाधिवेशन गर्न हुने तर प्रतिनिधिसभा निर्वाचन गर्न किन नहुने भन्ने तर्क राख्दै चुनाव हुन नसक्ने विपक्षी गठबन्धनको दाबी आधारहीन रहेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको कारण देखाउ आदेशको जवाफ दिँदै ओलीले कोरोनाको व्यवस्थापन गरी चुनाव गरिछाड्ने दाबी गर्दै चुनाव हुन नसक्ने विपक्षी गठबन्धनको कुरा आधारहीन रहेको बताएका हुन् ।
‘रिट निवेदक श्री शेरबहादुर देउवाले यही भदौ महिनामा आफ्नो पार्टी नेपाली काङ्ग्रेसको महाधिवेशन गर्ने गरी कार्यतालिका प्रकाशित गरिसक्नु भएको छ । देशभरका नेता कार्यकर्ता सहभागी हुने महाधिवेशन हुनसक्ने तर चरणबद्ध रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निर्वाचन हुन नसक्ने दावी हचुवा र आधारहीन छ,’ ओलीले लेखेका छन् ।
राष्ट्रिय सभाको निर्वाचन कोरोना संक्रमणको बीचमा नै सम्पन्न गराइएकोले प्रतिनिधिसभा निर्वाचन पनि सम्पन्न गराइने जवाफ ओलीले दिएका छन् ।
ओलीको जवाफमा भनिएको छ, ‘सरकारले संक्रमणलाई नियन्त्रणबाहिर जान नदिन, खोपको व्यवस्था गर्न सबै किसिमका प्रक्रिया र कारबाही अघि बढाइसकेको छ । सबै नागरिकलाई खोप लगाउने प्रतिबद्धता गरी आवश्यक खोप खरिद प्रक्रिया सुरु भइसकेको छ ।’
प्रतिनिधिसभा पुनःस्थापना भए पनि केही निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने पनि ओलीको जवाफ छ । ‘नेकपा (माओवादी केन्द्र) ले आफ्ना प्रतिनिधिसभा सदस्यलाई निष्कासन गरेको छ‚ ती स्थानहरूमा उपनिर्वाचन गर्नैपर्ने हुन्छ । आगामी फागुन महिनामा स्थानीय तहको निर्वाचन गर्नैपर्ने हुन्छ,’ उनको जवाफमा लेखिएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend