Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ठाकुरले कार्यकारिणी समितिमा थपिएका २० जनाको नामावली आयोगमा बुझाए (सूची)


    बिहिबार, असार ३ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुरले २० जना कार्यकारिणी समिति सदस्य थपेर निर्वाचन आयोगलाई नामावली बुझाएका छन् । 

    कार्यकारिणी समितिमा अल्पमतमा परेपछि जेठ ३० गते ठाकुरले आफू पक्षीय बैठक राखेर २० जना सदस्य थपेका हुन् ।  थपिएको नामावली दर्ता गराउनका लागि जसपा नेता केशव झा निर्वाचन आयोग पुगेका थिए । 

    थपिएका नाम दर्ता किताबमा अध्यावधिकका लागि असार १ गते उनले आयोगमा दर्ता गराएको उनी पक्षीय एक नेताले जानकारी दिएए ।

    जेठ ३० गते आयोगले एकजना अध्यक्षले मात्र कसैलाई हटाउन वा कसैलाई राख्न नमिल्ने निर्णय गरेको थियो । तर ठाकुरले २० जनाको नाम थपेर आयोगमा अध्यावधिकका लागि पठाएका हुन् । निर्वाचन आयोगले त्यसलाई दर्ता गरेपनि थप निर्णय भने लिइसकेको छैन ।

    थप गरिएका २० जनामध्ये सबैजना महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका हुन् ।

    को–को थपिए समितिमा ?
    बाबुलाल साह, विजय गुप्ता, अर्जुन उप्रेती, अरविन्द साह, जयप्रकाश ठाकुर, उपेन्द्र महतो, मुकेश झा, शतरजित यादव, एकवाल मियाँ, रमेश पटेल, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, सन्तोष मेहता, डा.विजय सिंह, कृष्ण सिंह, परमेश्वर साह, अभिराम शर्मा, राजिव झा, सुरेश मण्डल र डा.सुरेन्द्र झा ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार