Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय सेनाद्वारा गोर्खाली भर्तीमा नेपालीलाई रोक


    बिहिबार, असार ३ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतीय सेनाले आफ्नो गोर्खा रेजिमेन्टमा नेपालीलाई रोक लगाएको छ । भारतीय गोर्खालीहरुलाई प्राथमिकता दिने नीति अन्तर्गत महिला मिलिट्री पुलिसमा नेपालीलाई भर्ना हुन रोक लगाइएकाे हाे  ।

    गएको मे महिनाको २८ तारिखमा भारतीय सेनाले १०० जना महिला मिलिट्री पुलिस भर्ना गर्नेगरी नेपाली र भारतीय गोर्खालीहरु सहभागी हुन पाउने सूचना निकालेको थियो । तर, भारतीय सेनाले यसमा भर्ती हुन नेपालीलाई रोक लगाएको इन्टरनेशनल बिजनेस टाइम्सले जनाएको छ ।

    भारतीय सेनाले महिला सैनिकलाई जनरल ड्युटीको अनुमति दिइएको आफ्नो एकमात्र शाखाका लागि १०० महिला मिलिट्री पुलिस भर्ती गर्ने सूचना निकालेको थियो जसमा नेपाली र भारतीय गोर्खालीले आवेदन दिन सक्ने भनिएको थियो । तर, इन्टरनेशनल बिजनेस टाइम्सका अनुसार भारतीय सेनाले त्यसपछि एक संशोधन जारी गरेको छ जसमा भारतीय गोर्खालीहरु मात्रै भर्ती हुन पाउने उल्लेख गरिएको छ ।

    भारतीय सेनाले भारतीय गोर्खालीलाई मात्रै प्राथमिकता दिने गरी संशोधन जारी गर्नु आश्चर्यको विषय भने होइन । गत वर्ष मात्रै भारतीय सेनाले उत्तराखण्डका गैर गोर्खा समुदायका युवालाई गोर्खा रेजिमेन्टमा भर्ती गर्न अनुमति दिएको थियो । 

    भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालीहरुको भर्ती नेपाल, भारत र बेलायतबीचको त्रिदेशीय सम्झौतामा आधारित छ र यो सम्झौता तीन देशबीच १९४७ मा भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार