Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनचाँदी पसलेलाई गोली हानेर लाखौं डकैती


    बिहिबार, असार ३ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा गए राति एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छन् ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडक खण्डको दुई सय मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा राजीव ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेका वीरेन्द्र साहको घरमा गए राति एक समूहले गोली र रड प्रहार गर्दै घरका सबै सदस्यलाई घाइते बनाएर लाखौँको लुटपाट गरेका छन् ।

    राति २ बजेको समयमा नौ/दश जनाको समूहमा घरको पछाडिको ढोका फोडेर आएको उक्त समूहले नलकटुवा पेस्तोलले घरमूली ५० वर्षीय वीरेन्द्र साहको ढाडमा गोली हानेका थिए ।

    साथै उनकी श्रीमती ४५ वर्षीया सुशीला देवी, छोरा २५ वर्षीय शम्भु, छोरी २० वर्षीया कञ्चनकुमारी र अर्का छोरा १७ वर्षीय राजीवलाई अनुहार र टाउकोमा रड प्रहार गरी गम्भीर घाइते बनाएर लाखौँको लुटपाट गरेको प्रनाउ विष्टले बताए ।

    घाइतेहरुलाई गए राति नै जनकपुरस्थित गोदावरी अस्पतालमा लगेर उपचार भइरहेको छ। उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    उक्त समूहले वीरेन्द्रले सञ्चालन गरेको पसलबाट नगद रु दुई लाख, पाँच तोला सुन र १७२ तोला चाँदी गरी जम्मा रु नौ लाख ९७ हजार लुटपाट गरी लगेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरी र अन्य प्रहरी एकाइबाट खोजतलासका लागि त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार