Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनसँग ४० लाख डोज खोप किन्ने सरकारको तयारी, साउनदेखि लगाइने


    बिहिबार, असार ३ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदले चीनसँग ४० लाख खाेप खरिद गर्ने  निर्णय गरेकाे हाे ।   

    प्रधानमन्त्री ओलीले साउनदेखि लगाउन सुरू गर्ने गरी चीनबाट ४० लाख डोज खोप ल्याउन लागिएको बैठकमा बताएका थिए । 

    सिनोफार्मसँग सुरूमा १० लाख डोज खोप र त्यसपछि बाँकी ३० लाखमध्ये ५-५ लाखका दरले खोप ल्याउने तयारी भइरहेको प्रधानमन्त्री ओलीले बैठकमा जानकारी दिएका थिए । 

    स्वास्थ्य सेवा विभागसँग यसअघि नै सिनोफर्मले मूल्यलगायतका विषयमा ‘नन डिस्क्लोजर एग्रीमेन्ट’ प्रस्ताव गरेको थियो । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको सीसीएमसी बैठकमा खोप खरिद प्रक्रियाबारे जानकारी दिएका थिए ।  ४० लाख चिनियाँसँगै अमेरिकाको जोनसन एन्ड जोनसनसँग ५० लाख डोज खोप किन्ने विषयमा कुराकानी भएकाे बताइएकाे छ ।

    चीनले यसअघि पनि दुई लटमा १७ लाख डोज भेरोसेल खोप अनुदान दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार