Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्राकृतिक विपत्तिप्रति पूर्वराजा ज्ञानेन्द्रको चासो, क्षति न्यूनिकरणका लागि जिम्मेवार बन्न सबैमा आग्रह


    बिहिबार, असार ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी–पहिरोसहितका प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनिकरण तथा नागरिकको सेवाका लागि सबै जिम्मेवार बन्न आग्रह गरेका छन् ।

    बिहीबार पूर्वराजा शाहले एक वक्तव्य जारी गर्दै  प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्वसावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानु पर्ने उल्लेख गरेका छन्। 

    उनले वक्तव्यमा भनेका छन्, ‘अवस्था विकराल नहोस्, अपार क्षति नहोस् र जनकल्याणकारी प्रवन्ध प्रभावकारी रुपमा होस् भन्ने हाम्रो आग्रह छ ।’

     ‘देश कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको छ । हिमाल, पहाड र तराईका धेरै जिल्लामा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण तथा शहरी बस्तीका बासिन्दाको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा हामीलाई दुखित तुल्याएको छ,’वक्तव्यमा भनिएको छ ।

    मनसुनको सुरुमै यस्तो क्षति भएकाले आउँदा दिन अझ चुनौतिपूर्ण हुने भन्दै पूर्वराजा शाहले सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने उल्लेख गरेका छन्।

    198686926_311829973977091_2930301600615963333_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार