Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच ३ घण्टा भेटवार्ता, के-केमा भयो सहमति ?


    बिहिबार, असार ३ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । दुई देशबिच जारी मतभेद र तनाव अन्त्यका लागि सो भेटवार्ता महत्वपूर्ण मानिएको छ ।

    बुधबार अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच जेनेभामा भेतवार्ता भएको हो । सन् २०१८ यता दुई देशका नेताबिच भएको यो पहिलो वार्ता हो ।

    वार्तामा मतभेदहरु राखिएको अमेरिकी राष्ट्रपति बाइडेनले बताएका छन् । मतभेदहरु अतिशयोक्तिपूर्ण तवरले नराखिएको पनि बाइडेनले बताएका छन् । रुस अर्को शितयुद्धको पक्षमा नरहेको पनि बाइडेनले भेटपछि बताए ।

    यस्तै, रुसी राष्ट्रपति पुटिनले बाइडेन अनुभवी राजनीतिज्ञ रहेको र आफूहरुबीच वार्ताको क्रममा भाषिक समानता रहेको बताए । बाइडेन र पुटिनबिच तीन घण्टा भेटवार्ता भएको हो । बाइडेनले पुटिनलाई कस्टम मेड एभिएटर सनग्लासेज दिएका थिए । पुटिनले बाइडेनलाई कुनै उपहार दिए नदिएको स्पष्ट छैन।

    बाइडेन र पुटिनको भेटमा परमाणु हतियार नियन्त्रणका सम्बन्धमा वार्ता जारी राख्ने सहमति भएको छ। एजेन्सीहरुको सहयोगमा 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार