Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोकपमा आज तीन खेल हुँदै, यस्तो छ खेल तालिका


    बिहिबार, असार ३ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछ ।

    युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘सी’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ ।

    आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच साँझ ६:४५ बजे सुरु हुनेछ ।

    यस्तै, आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ बेल्जियम र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

    बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० ले हराएको थियो । ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ ।

    यसैगरी, आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ मा रहेका दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार