एजेन्सी । इटाली युरोकप फुटबलको नकआउट चरणमा पुग्न सफल भएको छ ।
समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा इटालीले स्वीट्जरल्याण्डलाई ३–० गोलले हराएसँगै इटाली नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ ।
इटालीको जितमा मानुएल लोकातेलीले दुई तथा चिरो इम्मोबिलेले एक गोल गरे ।
लोकातेलीले खेलको २६औँ र ५२औँ तथा इम्मोबिलेले ८९ औँ मिनेटमा गोल गरेका थिए । स्वीट्जरल्याण्डले गोल गर्ने मौका सिर्जना गर्न सकेन ।
लगातार दुई खेलमा जित निकालेको इटालीको ६ अंक भएको छ र उसले नकआउट चरणका लागि स्थान पक्का गरेको छ ।