Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोकप फुटबल : वेल्सको पहिलो जित, टर्की २-० गोल अन्तरले पराजित


    बिहिबार, असार ३ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा वेल्सले पहिलो जित निकालेको छ ।

    बुधबार राति भएको समूहको दोस्रो खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो ।

    बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले समान एक एक गोल गरे ।

    खेलको ४३ औं मिनेटमा राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । 

    त्यसपछि खेलको इन्जुरी समयको पाँचौ मिनेटमा रोबर्ट्सले गोल गर्दै वेल्सलाई २-० को जित दिलाए । 

    यस जितसँगै समूह ‘ए’ को वेल्सले २ खेलमा ४ अंक जोडेको छ । र, वेल्सले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार