Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोकप फुटबलमा रुसको पहिलो जित


    बिहिबार, असार ३ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा रुसले पहिलो जित हाँसिल गरेको छ ।

    बुधबार साँझ भएको समूह चरणको आफ्नो दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै रुसले पहिलो जित हाँसिल गरेको हो ।

    सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलमा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले पहिलो हाफको इन्जुरी समयमा गरेको एक मात्र गोल नै निर्णायक बन्यो।

    यस जितसँगै समूह ‘बी’ को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो स्थानमा रहेको छ ।

    पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार