Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’


    बिहिबार, असार ३ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी)को दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित असरोको दोस्रो साताबाट ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । 

    प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राती अबेरसम्म बसेको समितिको बैठकले संक्रमणको जोखिम राख्न र अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सुचारु गर्न स्मार्ट लकडाउन गर्ने निष्कर्ष निकालेको हो। 

    जारी निषेधाज्ञा कायमै राखेर त्यसपछिको अवस्था मूल्यांकन गरी केही क्षेत्र खुला गर्ने समितिले निर्णय गरेको छ ।

    यस्तैम बैठकका अनुसार नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजारजना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् ।

    बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सङ्क्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए ।

    कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्न कुनै एक निकायकको मात्र जिम्मेवारी नभएको बताउँदै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायले समन्वयात्मक ढङ्गले काम गर्न पनि निर्देशन दिएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार