Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’


    बिहिबार, असार ३ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रमा तत्काल नयाँ तलवमान कार्यान्वयन गर्न नसकिने बताएको छ ।

    बुधबार हानका अध्यक्ष सृजना राणाको नेतृत्वमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवलाई भेटेर कोरोनाका कारण होटल क्षेत्र नराम्रोसँग थला परेको भन्दै बजेटले व्यवस्था गरेजस्तो श्रमिकलाई तत्काल नयाँ तलवमान कार्यान्वयन गर्न नसकिने बताएको हो ।

    हानका प्रथम उपाध्यक्ष विनायक शाहले कोरोनाका कारण तोकिएको तलबमान समेत भुक्तान गर्न नसकेको अवस्थामा वृद्धि गरिएको नयाँ तलवमान तत्काल उपलब्ध गराउन नसकिने बताएका हुन् । नयाँ तलवमान उपलब्ध गराउन नसकिनेबारे होटल सङ्घ नेपाल र आधिकारिक ट्रेड युनियनबीच समझदारी भइसकेको शाहको भनाई छ

    हानले न्यूनतम तलबमान भुक्तान गर्न नसकिएको अवस्थामा सामाजिक सुरक्षा कोषमा सम्झौतामा तोकिएको रकमको आधारमा रकम जम्मा गर्न पाउने व्यवस्थाका लागि अनुरोध समेत गरेको छ ।

    यस्तै, आव २०७८-०७९ को वार्षिक वजेटमा जेठ र असार महिनाको योगदान सरकारको तर्फबाट व्यहोर्ने घोषणा भएपनि वर्तमान अवस्थालाई ध्यानमा राखेर अति प्रभावित होटल उद्योगलाई मन्त्रालयको पहलमा थप सहयोग र अन्य सुविधा उपलब्ध गराउन हानले आग्रह समेत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार