Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महासचिव पोखरेल र स्वीजरल्याण्डका राजदूतबीच भेटवार्ता, सहयोगका लागि धन्यवाद


    बुधबार, असार २ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापीलरबीच आज भेटवार्ता भएको छ ।

    नेकपा (एमाले) केन्द्रीय कार्यालय थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा स्वीजरल्याण्ड सरकारलाई धन्यवाद दिए ।

    स्वीजरल्याण्ड सरकारले नेपाललाई ९४ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो। राजदूत क्यापीलरले असल मित्रराष्ट्र नेपाललाई सहयोग गर्न स्वीस सरकार सँधै तयार रहेको बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार