Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गण्डकीका मुख्यमन्त्री नेपालीले शुक्रबार विश्वासको मत लिदै


    बुधबार, असार २ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

    मुख्यमन्त्री नेपालीले आगामी शुक्रबार विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

    गत शनिबार मुख्यमन्त्री नियुक्त भएका नेपालीले विश्वासको मत लिने प्रस्ताव मंगलबार दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान छ ।

    ५९ प्रदेशसभा सदस्य छन् । विश्वासको मत प्राप्त गर्न ३० मत आवश्यक पर्छ । ६० सदस्यीय प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि प्रदेशसभा सदस्यको संख्या ५९ भएको हो ।

    सरकारमा अहिले कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार