Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीलाई अस्पतालको शैयाबाट खनालले भने– कमरेड ! जसरी हुन्छ, पार्टी बचाउनुहोस्


    बुधबार, असार २ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । थप उपचारका लागि भारतको दिल्ली प्रस्थान गर्नुअघि पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको एकता बचाउन आग्रह गरेका छन् । 

    बुधबार उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट खनालसँग संवाद गरेका प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गरे । त्यसक्रममा खनालले ओलीलाई पार्टी मिलाउन आग्रह गरेका खनालका निकट सहयोगी होम बुढाथोकीले बताए ।

    दिल्ली लैजानुअघि टेलफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका प्रधानमन्त्री ओलीले खनालको उपचारका लागि सरकारले सहयोग गर्ने वचन पनि दिएका छन् । 

    सोही क्रममा नेता खनालले अध्यक्ष ओलीलाई एमालेको एकता जोगाउन भावुकशैलीमा आग्रह गरेका छन् । यसअघिका घटनाहरुलाई बिर्सिएर पार्टी एकता गर्न खनालले ओलीलाई आग्रह गरेका हुन् ।

    एकतावद्ध एमालेको चाहना आफ्नो रहेको भन्दै खनालले पार्टीलाई एकतावद्ध बनाउने स्थानमा ओली रहेकालाई आग्रह गरेको बताएका छन् । जवाफ अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउन आफू लचिलो भएर प्रस्तुत हुने बताएका छन् । 

    अध्यक्ष ओलीलाई जस्तै पोखरेलसँग पनि नेता खनालले एकताको पहल गर्न आग्रह गरेका थिए । ‘भोलि तपाईंहरु नै हो नेता । किन मिलाउन लाग्नु हुन्न’, पोखरेललाई खनालले प्रश्न गरेका थिए ।

    खनालमा मिर्गौला फेलपछि देखिने स्वास्थ्य जटिलता देखिएको नर्भिक अस्पताल स्रोतले जानकारी दिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार