सिन्धुपाल्चोक । मेलम्चीको बाढीमा फसेर होटलको छतमा पुगेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ।
मंगलबार आएको बाढीपछि रोज होटलमा फसेका उनीहरूकाे बुधबार बिहान सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको हो । बाढीले वरिपरिबाट होटललाई घेरेपछि बाहिर निस्कन नसकेपछि उनीहरू होटलकै छतमा गएका थिए ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बाढीमा फसेकाहरूको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको बताए।
यस्तै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बाढीले ७ जनाको मृत्यु भएको छ। बाढीले मेलम्ची बजारका घर तथा पुलहरूमा पनि क्षति पुर्याएको छ।
भिडिओ: