Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढीपीडितको उद्धार तथा राहत सामग्री वितरण गर्न अखिल र युवा सङ्घकाे टोली परिचालन


    बुधबार, असार २ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । अनेरास्ववियू र राष्ट्रिय युवा सङ्घले सिन्धुपाञ्चोकको मेलम्ची तथा हेलम्बु क्षेत्रका बाढीपीडितलाई उद्धार र राहत सामग्री वितरणका लागि टोली परिचालन गरेको छ ।

    अखिल र युवा सङ्घले उक्त क्षेत्रका बाढीपीडितलाई उद्धार र राहत सामग्री वितरण गर्नका लागि छुट्टाछुट्टै टोली परिचालन गरेको हो । मङ्गलबार राति अविरल वर्षाका कारण मेलम्ची र हेलम्बु बजार डुबान हुँदा सर्वसाधारण विस्थापित भएका छन् ।

    अखिलका अध्यक्ष ऐन महरको संयोजकमा १५ सदस्यीय टोली पहिरामा परेकालाई उद्धार र खाद्य सामग्री लिएर आज त्यसतर्फ जाँदैछ । उनका अनुसार स्वास्थ्य चिकित्सकको टोलीसहित २५० बोरा चामल, तेल, त्रिपाल बाढीपीडितलाई वितरण गर्नेछ । अखिलले जिल्ला मातहतका कमिटीलाई पनि उद्धार कार्यमा लाग्न मङ्गलबारदेखि नै परिचालन गरेको छ ।

    यस्तै युवा सङ्घका अध्यक्ष किरण पौडेलले उद्धार कार्यका लागि त्रिपाल, टेन्ट र खाद्यसामग्रीसहितको टोली गए रातिदेखि नै परिचालन गरिएको बताए । उनले त्यहाँको अवस्था हेरेर काठमाडौँबाट खाद्यसामग्री र औषधिसहित सङ्घका पदाधिकारी जाने जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार