Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाढीपहिरो पीडितको उद्दार र राहतमा जुट्न तरुण दलको निर्देशन


    बुधबार, असार २ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल तरुण दलले केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले ठूलो धनजनको क्षति भएकाले राहत र उद्दारमा जुट्न निर्देशन दिएको छ ।

    तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ–‘केही दिनदेखि परेको अबिरल बर्षाका कारण सिन्धुपाल्चोक, म्याग्दी, कास्की, दाङ, बाग्लुङ, पाल्पा, मनाङ लगायत देशका विभिन्न ठाउँमा हामीले ठूलो जनधनको क्षति भएको छ ।  जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केही दिन लगातार वर्षा हुने पूर्वानुमान गरिएको छ । यस्तो समयमा खोला, नदीनालाहरुमा पानीको बहाव बढ्ने र बाढी र पहिरोका जोखिम पनि उत्तिकै बढी रहने सम्भावना रहन्छ । त्यसैले यस्तो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा हुनसक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रिय समिति निर्देशन गर्दछ ।

    तरुण दलले विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठनसँग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन दिएको छ । 

    press bigapti.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार