Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उद्धार र राहतमा खटिन कार्यकर्तालाई सभापति देउवाको निर्देशन


    बुधबार, असार २ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी तथा पहिरोका कारण विपदमा परेकाको उद्धार र राहतमा खटिन पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

    यस्तै, पूर्वप्रधानमन्त्री देउवाले पीडितको उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुका लागि आवश्यक राहत प्याकेज घोषणा गर्न सरकार समक्ष माग गरेका छन्।

    आज बिहान सामाजिक सञ्जालमार्फत देउवाले केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक र मनाङ लगायतका क्षेत्रमा बाढी पहिरो र कटानले विकराल रुप लिएको उल्लेख गर्दै उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

    केही दिनदेखि परेको अविरल बर्षाका कारण #सिन्धुपाल्चोक, #मनाङ लगायत देशका विभिन्न क्षेत्रमा #बाढि, #पहिरो र कटानले विकराल रुप लिएको छ । यो कठिन अवस्थामा नेपाली #कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा #उद्दार#राहतमा खटिन निर्देशन गर्दछु । 1/2

    — Sher Bahadur Deuba (@DeubaSherbdr) June 16, 2021

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार