Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोकपमा रोनाल्डको नयाँ क्रीतिमान, हंगेरीविरद्द पोर्चुगलको सानदार जित


    बुधबार, असार २ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । साविक विजेता पोर्चुगलले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ।

    समूह एफअन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले मंगलबार हंगेरीलाई तीन शुन्य गोलले हराएको हो । पोर्चुगलले अन्तिम समयमा दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो। ८४ औँ मिनेटमा राफायल गुएर्रोले अग्रता दिलाएका थिए।

    त्यसको दुई मिनेटलगत्तै पोर्चुगलले पेनाल्टी प्रहारको मौका पाएको थियो जसमा क्रिस्टियानो रोनाल्डो सफल रहे। दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल थपेका थिए। अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको गोल संख्या एक सय ६ पुगेको छ।

    रोनाल्डो इरानका अलि दाईको कीर्तिमान बराबरी गर्नबाट ३ गोलले मात्र पछाडि छन् । उनी युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। रोनाल्डोले मिचेल प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमान तोडेका हुन्।

    प्रतियोगितामा रोनाल्डोको गोल संख्या ११ पुगेको छ। उनी युरोपियन च्याम्पियन्स लिगका पनि सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार