Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेलम्बु पहिरोमा परेर ५० जनाभन्दा बढी बेपत्ता भएको आशंका


    बुधबार, असार २ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परेर ५० जनाभन्दा बढी बेपत्ता भएको आशंका गरिएको छ ।

    हेलम्बु गाउँपालिका–१ मा गएराति पहिरो जाँदा तिम्बु बजारका सात घर बगाएको छ भने सातवटै माछापालन गरिएको पोखरी बगाएको छ ।

    मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३९ जना तथा माछा फर्ममा कार्यरत ११ जना बेपत्ता भएको वडा नम्बर २ का अध्यक्ष छिरीङ ग्याल्बु लामाले जानकारी दिए ।

    मेलम्ची खानेपानी आयोजनाको मुहान रहेको हेलम्बुमाथिबाट पहिरो आउँदा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ६, ७ मा क्षति पुगेको छ । प्रहरीले खोजी तथा उद्धारको काम गरिरहेको छ ।

    सडक अवरुद्ध भएका कारण राहत तथा खोजीको काम प्रभावित भएको स्थानीयले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार