Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विप्लवनिकट १२ संगठनद्वारा सडक निर्माण कार्य रोक्न भारतीय राजदूतलाई चेतावनी पत्र


    मंगलबार, असार १ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विभिन्न १२ वटा  जनवर्गीय संगठनले नेपाली भूमिमा सडक निर्माण कार्य रोक्न चेतावनी दिदै भारतीय राजदूतलाई पत्र लेखेका छन् ।

    उनीहरुले त्रिदेशीय बिन्दुभन्दा वर नेपाली भूूभाग  लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै मानसरोवर पुग्ने सडक निर्माण रोक्न माग गर्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई इमेलमार्फत पत्र पठाएका हुन् । 

    मंगलबार उनीहरुले संयुक्त रुपमा पठाएको पत्रमा उक्त निर्माण कार्य तत्काल रोक्न चेतावनी दिदै भारतले सडक निर्माण गरिरहेकोप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

    उनीहरुले कूटनीतिक रूपमा आपसी समझदारीमार्फत दुई देशबीचको सीमा समस्या समाधान गर्न सकिने बताउदै नेपालको राष्ट्रिय सार्वभौमिकताको सम्मान गर्नुपर्ने माग पनि पत्रमा गरिएको छ।

    1623747368-OZtYv.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार