काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली भएको आरोप लगाएपछि त्यसको जवाफ प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाकार सूर्य थापाले दिएका छन् ।
उनले मंगलबार सामाजिक सञ्जालमार्फत श्रेष्ठलाई अदालत, निर्वाचन आयोग लगायत संवैधानिक आयोगहरूलाई के–के गराउनुपर्ने हो, समयमै लिखितरूपमा फैसला लेखेर उपलब्ध गराउने हो कि ? भन्दै प्रश्न गरेका छन् ।
नेता श्रेष्ठले सामाजिक सञ्जालमा निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको र संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य रहेको पनि बताएका छन् । उनको यही टिप्पणीलाई लिएर थापाले सो प्रश्न गरेका हुन् ।
थापाले भनेका छन् – ‘अदालत, निर्वाचन आयोग लगायत संवैधानिक आयोगहरूलाई के के गराउनुपर्ने हो, समयमै लिखितरूपमा फैसला लेखेर उपलब्ध गराउने हो कि रु अनि निर्णयपछि यसरी भर्त्सना गर्ने कष्ट गर्नुपर्ने थिएन । पार्टी त फरक परिहाल्यो, एउटा सुझावसम्म दिनु उपयुक्त सम्झें ।’
अदालत, निर्वाचन आयाेग लगायत संवैधानिक आयाेगहरूलाई के के गराउनुपर्ने हाे, समयमै लिखितरूपमा फैसला लेखेर उपलब्ध गराउने हाे कि ? अनि निर्णयपछि यसरी भर्त्सना गर्ने कष्ट गर्नुपर्ने थिएन । पार्टी त फरक परिहाल्याे, एउटा सुझावसम्म दिनु उपयुक्त सम्झें । https://t.co/5zxyU0uNX5
— Surya Thapa (@ThapajiSurya) June 15, 2021
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend