Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोग सरकारको कठपुतली भएको नारायणकाजी श्रेष्ठ आरोप


    मंगलबार, असार १ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग ‘सरकारको कठपुतली’ बनेको आरोप लगाएका छन् ।

    नेता श्रेष्ठले संवैधानिक आयोगले नै लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको भन्दै आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य भएकाे टिप्पणी गरेका छन् ।

    श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा मंगलबार ट्वीट मार्फत लेखेका छन् – ‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ’, श्रेष्ठले भनेका छन्, ‘जसपाबारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो ।’ 

    लोकतन्त्र पक्षधर सवै मिलेर संवैधानिक अंगको यस प्रकारको गलत कार्यलाई समयमै रोक्नु पर्ने बताउदै उनले राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्ने बताएका छन् ।

    निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) मा दुवै पक्षले गरेका कारबाहीलाई ‘ कानुनसम्मत नदेखिएको’ भन्दै अमान्य घोषित गरिदिएको छ। आयोगले दुई अध्यक्षसहित पुरानै पदाधिकारी कायम रहने आइतबार फैसला दिएको थियो।

    अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टी विधानविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी एक–अर्का पक्षलाई कारबाही गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार