Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रवक्ता नारायणकाजी श्रेष्ठकाे टिप्पणी- ‘प्रधानमन्त्रीका कारण हामीले लज्जित हुनु परेको छ’


    मंगलबार, असार १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दा नेपालीहरुले दु:ख पाएको टिप्पणी गरेका छन् । 

    उनले प्रधानमन्त्री ओलीले नेपालीहरुको प्रतिरोध क्षमता उच्च भएकाले कोरोनाले छुँदैन, बेसार पानी खाएर कोरोना फाल्दिउँ भन्दै गैर जिम्मेवारी पूर्ण रूपमा संसदमा बाेलेका कारण आफूहरू लज्जित हुनुपरेको समेत बताएका छन्।

    नेता श्रेष्ठले नेपाल अहिले कोरोना संक्रमणको दरमा बिश्वमै अगाडी रहेकाे बताउदै छिटो भ्याक्सिन ल्याउन सरकार समक्ष आग्रह गरेका छन्।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्,’नेपालीहरुको प्रतिरोध क्षमता उच्च भएकाले कोरोनाले छुँदैन,हाछ्युँ गरेर ,बेसार पानी खाएर कोरोना फाल्दिउँ भएर सँसदमै बोल्ने गैर जिम्मेवार प्रमको कारणले हामी नेपालीले दुःख मात्र पाएका छैनौ,लज्जित हुनु परेको छ।नेपाल अहिले कोरोना सँक्रमणको दरमा बिश्वमै अगाडी छ ।छिटो भ्याक्सिन ल्याइयोस्।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार