Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमाले संसदीय दलकाे बैठकमा पुनर्बहाली भएका चार सांसद सहभागी नहुने


    मंगलबार, असार १ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा पुनर्बहाली भएका सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा अनुपस्थित हुने भएका छन् । 

    प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भैसकेपश्चात मात्रै आफूहरू बैठकमा सहभागी हुने भन्दै उनीहरू अनुपस्थित हुने भएका हुन् ।

    प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भैसकेपश्चात मात्रै हामी बैठकमा सहभागी हुने सल्लाह गरेका छौं ,’ एक सांसदले भने, ‘अहिले नै बैठकमा जाने भन्ने छैन । हामी आपसी छलफलमै छौं ।’

    सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि आज बिहान ८ बजेका लागि बैठकमा उपस्थित हुन पत्राचार गरिएको थियो ।

    बैठकका लागि आमन्त्रण पत्रको अस्वीकार गर्दै उनीहरुले बैठकमा उपस्थित नहुने बताएका छन् ।

    पार्टीको ह्वीप विपरित फ्लोर क्रसगरि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाएका चार जना सांसदलाई एमाले संसदीय दलले सांसद पद नरहने गरि कारबाही गरेको थियो । तर, सर्वोच्च अदालतले उनीहरुलाई पुनर्बहाली गरिदिएपछि संसदीय दलको आजको वैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेकाे थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार