Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा, प्रचण्ड र नेपालबीचको भेटवार्तामा के के भए कुराकानी ?


    मंगलबार, असार १ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

    सोमबार साझँ विपक्षी गठबन्धनका तीन नेताबीच नेपाल निवास कोटेश्वरमा २ घण्टा छलफल भएको हो । उक्त छलफलमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि रहेका थिए । 

    उनीहरुबीच लोकतान्त्रिक गठबन्धनलाई कसरी कसिलो बनाएर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावाद रोक्ने भन्ने बिषयमा छलफल भएको स्रोतको भनाई छ । 

    यस्तै उनीहरुबीच नेपाल पक्षले प्रदेशमा ओली पक्षलाई दिएको साथको विषयमा पनि छलफल भएको स्रोतको दावी रहेको छ । यस्तै कोरोना न्यूनीकरणका लागि सरकारको प्रयास फितलो भएको र नागरिकले खोप नपाएको विषयमा छलफल भएको बताइएको छ । 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार