Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल पक्षलाई समेटेर स्थायी कमिटी बैठक बोलाउने तयारीमा ओली


    मंगलबार, असार १ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरूलाई पनि डाकेर स्थायी कमिटी बैठक बोलाउने भएका छन्।

    खनाल-नेपाल समूहका नेताहरू पनि सहभागी हुने गरी स्थायी कमिटी बैठक बोलाउन पछिल्ला केही दिनयता दुवै पक्षका दोस्रो तहका प्रभावशाली नेताबीच घनिभूत छलफल भइरहेको छ । उक्त छलफल सकारात्मक दिशातर्फ अगाडि बढिरहेको नेताहरुले बताएका छन् ।

    दुवै समूह माधव नेपाल समूहले माग गरे जस्तो जेठ २ २०७५ मा पार्टीलाई फर्काउन अध्यक्ष ओली सहमत भएका छन् । अब चाँडै माधव नेपाल समूहसहितको स्थायी कमिटी बैठक बोलाउने र त्यहीँबाट विवादका विषयमा समाधान खोज्ने विषयमा नेताहरु सहमति नजिक पुगेको छलफलमा सहभागी नेताले जानकारी दिए ।

    पार्टीभित्रको आन्तरिक विवाद बढ्दै जाँदा विपक्षी मोर्चा शक्तिशाली हुँदै जानु र प्रधानमन्त्री ओलीले एकपछि अर्को क्षति व्यहोर्नु पर्ने अवस्था आएपछि ओली पार्टी विवाद समाधान गर्न सकारात्मक भएका हुन् ।

    अदालतले दशौं आयोजक कमिटीको कारबाहीलाई मान्यता नदिएपछि एमाले एकताका लागि ढोका खोलेको निष्कर्षका साथ ओलीलाई सच्चिन थप मौका मिलेको भन्दै आफूहरू पनि पार्टी एकताकै पक्षमा उभिन पुगेको खनाल नेपाल समूहका प्रदेशस्तरीय नेताहरूको भनाइ छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार