Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैंकका सबै शाखाहरु खोल्न राष्ट्र बैंकको निर्देशन


    सोमबार, जेष्ठ ३१ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि अब बैंक तथा बित्तिय संस्थाहरुले सबै शाखाहरु खोल्न पाइने पाउने भएका छन् ।

    राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएसँगै अब बैंकका शाखाहरु आवश्यकताअनुसार खुला गर्न पाइने भएको हो ।

    तर, नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन राष्ट्र बैंकले सुझाव दिएको छ । यसअघि बैंकहरुले फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका थिए ।

    यद्यपी राष्ट्र बैंकले सकभर घरबाटै काम गर्न र कार्यालयमा पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन आग्रह गर्दै केन्द्रीय कार्यालयको हकमा एक तिहाइ र शाखा कार्यालयमा न्यूनतम कर्मचारी राख्न निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार