काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले आफूलाई नेपाल प्रहरीको डाक्टर / मेडिकल प्रहरी नायब उपरीक्षक (डीएसपी) भन्दै हिड्ने एकजनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुङ्गाना रहेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबूकमा नेपाल प्रहरीको पोशाक लगाएको फोटो राखेर आफु डीएसपी रहेको भन्दै आएका थिए । उनी डीएसपी नरहेको खुलेपछि प्रहरीले भिक्टोरिया फार्मेसीबाट पक्राउ गरेको हो ।
मेडिकल फर्म सञ्चालन गर्दै आएका ढुङ्गानाले नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र प्रहरीको डीएसपी र सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरीको डीएसपी भएको भन्दै आएका थिए ।
प्रहरीले उनको साथबाट विभिन्न पदहरूको पोशाक लगाएका फोटा ३, डीएसपीको पोशाक १ र नेपाल प्रहरीको जर्सी १ सेट बरामद गरेको छ ।