Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले सुदूरपश्चिममा कारबाहीको सिलसिला जारीः संसदीय दलबाट ओली समूहका ७ सांसदलाई कारवाही


    सोमबार, जेष्ठ ३१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । नेकपा (एमाले)को विवादका कारण सुदूरपश्चिम प्रदेशमा चलेको दोहोरो कारवाहीको क्रम जारी छ ।  नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको छ ।

    माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलको सोमबार बसेको बैठकले ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो ।

    माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो । तर ओली पक्षका सांसद लिलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठानसिंह बोहरा, ग्याल्बु बोहरा, माया तामाङ र बलदेव रेग्मीले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए । 

    सोमबार बसेको दलको बैठकले उनीहरुमध्ये केहीलाई ७ र केहीलाई १० दिनका लागि निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।

    संसदीय दलको बैठकमा ओली पक्षका प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए । संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन नभएकाले निलम्बन गलत भएको ओली पक्षका प्रदेशसभा सदस्य लिलाधर भट्टले बताए ।

     
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार