काठमाडाैं । एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री समेत रहेका नेता विष्णु पौडेलबीच चार घण्टा लामो भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेवा गौतमलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन् । पछिल्लो समय आफ्ना विश्वासपात्र तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलमार्फत ओलीले आफ्नो सन्देश गौममसक्षम पुर्याइरहेका छन् ।
नेपाल समूहको गुटको बैठकमा सहभागी नहुने, तर नयाँ पार्टी खोलेमा साथ दिने सार्वजनिक रुपमा बताए गौतमलाई फकाउन ओलीले पार्टीको संगठन विभाग प्रमुखसमेत रहेका पौडेल सक्रिय बनाइरहेका छन् ।
यसैक्रममा सोमबार बिहान गौतम निवास भैंसेपार्टी पुगेका पौडेल र नेता गौतमबीच छलफल भएको छ । दुई नेताबीचको भेटवार्तालाई उपाध्यक्ष गौतमको सचिवालयले भने सामान्य कुराकानी भनेको छ ।
‘सामान्य कुराकानी भन्ने कुरा छ तर त्यसक्रममा पार्टी विवाद र एकताबारे कुराकानी हुनु स्वभाविक हो’ गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीको भनाइ छ ।
गण्डकी घटनापछि अध्यक्ष ओली पनि जेठ २ गते फर्कन लचिलो देखिन थालेको एमालेका नेताहरु बताउँछन् । जस कारण पौडेललाई अघि सारेर एमालेको एकताका लागि फेरि पहल गरिएको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend