Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप ६५ वटा निर्वाचन क्षेत्रको नामावली सार्वजनिक भएसँगै ८ लाख भन्दामाथि पुग्याे कांग्रेसकाे क्रियाशील सदस्य


    सोमबार, जेष्ठ ३१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ वटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंग्याएको छ ।

    ३३ जिल्ला थप भएसँगै कांग्रेसमा क्रियाशील सदस्यता संख्या ८ लाख नाघेको छ । कांग्रेसले भदौमा हुने १४ औं महाधिवेशनका लागि १० लाख क्रियाशील सदस्य बनाउने बताएको छ ।  

    यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरेको कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो ।

    कांग्रेसका क्रियाशील सदस्यताको नामावली अझै ७ जिल्लाबाट आउन बाँकी छ । छानविन समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार सप्तरी, बारा, सिन्धुपाल्चोक, प्यूठान, बर्दिया, रुकुम पश्चिम र डडेलधुराबाट सदस्यता नामावली आउन बाँकी छ ।

    सोमबार सार्वजनिक भएको क्रियाशील सदस्यताका कुनै दाबी विरोध भए दर्ता गराउन समितिले आह्वान गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार