Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेका वरिष्ठ नेता झलनाथ खनाल बिरामी, नर्भिक अस्पताल भर्ना


    सोमबार, जेष्ठ ३१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

    खनाललाई आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। 

    ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ । 

    अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार