काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री मोहन बानियाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरकारको महत्वपूर्ण केन्द्रीय निकाय भएकाले यसको कार्य र भूमिकालाई थप सशक्त र प्रभावकारी तुल्याइने बताएका छन्।
काठमाडौँमा उपलब्ध कर्णाली प्रदेशका निजामती र सार्वजनिक सेवामा रहेका अधिकृतसँगको परिचयात्मक कार्यक्रममा आइतबार उनले सुशासन, सुपरीवेक्षण र सुसमन्वयमा कार्यालयको ध्यान केन्द्रित हुने बताए।
प्रधानमन्त्री कार्यालयअन्तर्गत ४८ वटा गहन र महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै उनले यी प्रमुख विषयमा नतिजामूलक तवरले कार्य सम्पादन गर्ने आफ्नो प्रयास रहने बताए।
‘राष्ट्रिय गौरवका आयोजनालगायत अन्य परियोजनाको निर्माण तथा कार्यान्वयनमा पनि विशेष ध्यान दिइनेछ,’ उनले भने।
नेपाल सरकारका विभिन्न मन्त्रालयसँगको समन्वयमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्नेतर्फ प्रयास केन्द्रित गरिने उनको भनाइ थियो।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend