Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘जी-७’ ले गरिब राष्ट्रलाई १ अर्ब कोभिड खोप उपलब्ध गराउने


    आइतबार, जेष्ठ ३० २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । धनी राष्ट्रहरूको समूह जी-७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोना भाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको बताएका छन् ।

    ती खोप सीधै वा कोभ्याक्स सुविधामार्फत् दिन सकिने उनले जनाएका छन्। उक्त परिमाणमा यूकेले दिने भनेको १० करोड मात्रा पनि समाविष्ट छ ।

    ‘विश्वलाई खोप लगाउने यो अर्को महत्त्वपूर्ण कदम हो,’ जोनसनले भने ।

    पत्रकार सम्मेलनमा उनले अक्सफर्ड आस्ट्राजेनेकाले विकास गरेको खोपको भूमिकाको प्रशंसा गर्दै ‘विश्वकै सबैभन्दा लोकप्रिय खोप’ भने । लागत मूल्यमै विश्वमा बेचिएको हुँदा यो निकै लोकप्रिय रहेको बताउँदै जोनसनले आस्ट्राजेनेकाको यो कदमलाई ‘उदारतापूर्ण कार्यु’ को सङ्ज्ञा दिए ।

    उनले कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफर्ड आस्ट्राजेनेका रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार