Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


    आइतबार, जेष्ठ ३० २०७८
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको छ ।

    आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि बहुमतले पारित भएको हो ।

    नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव पक्षका बहुमत प्रदेशसभा सदस्यहरुले  नीति तथा कार्यक्रमको समर्थन गरेपछि सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभाबाट पारित भएको घोषणा गरे ।

    ‘सभामा प्रस्तावको पक्षमा रहेका माननीय सदस्यहरुको संख्या बढी देखिएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभाबाट बहुमतले पारित भएको घोषणा गर्दछु,’ सभामुख थापाले भने । बैठकमा मत विभाजन नगरी सभामुखले प्रस्तावको पक्षमा हुनेलाई हुन्छ र विपक्षमा हुनेलाई हुन्न भन्न आग्रह गरेका थिए । सो क्रममा नेकपा एमाले ओली समूहका ७ जना प्रदेशसभा सदस्यले हुन्न भनेका थिए ।

    प्रदेश संसदीय दलले ह्वीप जारी गरेको अवस्थामा पनि एमाले ओली पक्षका सांसदले विपक्षमा मत व्यक्त गरेका हुन् । पार्टीले सरकारले दिएको समर्थन फिर्ता लिइसकेकाले नीति तथा कार्यक्रमको विपक्षमा मत व्यक्त गरेको प्रदेशसभा सदस्य लिलाधर भट्टले बताए ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य मौन बसेका छन् । गत बिहीबार प्रदेश प्रमुख *गंगाप्रसाद यादवले प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गरेका थिए । प्रदेश सरकारले असार १ गते दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ ।

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार