Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकी प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने


    आइतबार, जेष्ठ ३० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । गण्डकी प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

    शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

    बैठकले कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाएको छ । सुविधा लिनेमा प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पहिलो पूर्वमुख्यमन्त्री बन्नेछन्। गत बिहीबार संसदमा विश्वासको मत पाउन नसकेपछि उनको सरकार ढलेको थियो ।

    यस्तै आज बसेको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकेको छ । बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रवक्ता खड्काले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार