काठमाडाैं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।
आइतबार वक्तव्य जारी गर्दै जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगरले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन।
प्रमुख सचेतक मगरले जसपा संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा उक्त ह्वीप जारी गरेको उल्लेख गरेकी छन्।
लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिमण्डलमा जसपाका सांसद विजयकुमार यादव, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सहभागी छन्।
त्यही भएर जसपा लुम्बिनीले उनीहरूका लागि भनेर ह्वीप जारी गर्दै नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न भनेको जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए। अध्यक्ष यादव र ह्वीप जारी गर्नेहरु बाबुराम-उपेन्द्र पक्ष हुन्।
सरकारमा सहभागी भएकाहरू महन्थ-राजेन्द्र पक्षधर हुन। जो केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी छन्।
यसअघि जसपाले कारबाही गरेपछि चार सांसद पद गुमेको थियो। उनीहरू सर्वोच्च पुगेपछि त्यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश आएको थियो। वैशाख १७ गतेको राष्ट्रिय सभाको उपनिर्वाचनको पूर्वसन्ध्यामा मात्रै यी चार जना सांसदलाई निर्वाचन आयोगले मताधिकार दिएको थियो।
लुम्बिनीमा जसपाका ६ जना सांसदमध्ये ४ जना महन्थ-राजेन्द्र पक्षधर छन भने बाबुराम-उपेन्द्र पक्षधर २ जना सांसद रहेका छन्।
बाबुराम-उपेन्द्र पक्षधर लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले ह्वीप उल्लंघन गरे पार्टीले ती चार जना सांसदलाई पुनः कारबाही गर्ने चेतावनी दिएका छन्।

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend