Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • नेताहरुको अहंकार र शक्तिको टकराबमा अझै कति पृथ्वी सुब्बाहरूले अग्नी परिक्षा दिनु पर्ने हो ?- योगेश भट्टराई


    आइतबार, जेष्ठ ३० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशमा काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेपछि एमाले नेता योगेश भट्टराईले नेताहरुको अहंकार र शक्तिको टकराबकै कारण गण्डकीमा एमालेले सत्ता गुमाउनु परेको बताएका छन् । 

    सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले नेताहरुको अहंकार र शक्तिको टकराबमा कति पृथ्वी सुब्बाहरू पिल्सीनु पर्ने हो ? भन्दै प्रश्न गरेका छन् ।

    अब सबै प्रदेशमा पार्टीका काम कार्वाहीको पुन: संरचना गर्न ढिला गर्न नहुने पनि बताएका छन् ।

    उनले लेखेका छन् – ‘नेताहरुको अहंकार र शक्तिको टकराबमा कति पृथ्वी सुब्बाहरू पिल्सीनु पर्ने हो ? ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भईरहनु पर्ने हो ? 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार