Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी घटनापछि ओली र नेपाल समूहबीच मेलमिलाप


    आइतबार, जेष्ठ ३० २०७८
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं । पार्टीको आन्तरिक किचलो र विवादले सत्ता विपक्षीको हातमा पुग्ने पाठ गण्डकी प्रदेशबाट सिकेपछि ओली र माधवुकमार नेपाल समूहबीच मेलमिलाप भएको छ ।

    मुलुकभर रहेका सात प्रदेश मध्ये चारमा नेकपा एमालेले सरकार बनाएको थियो । तर, साविक नेकपा खारेज र एमालेभित्रको किचलोका कारण प्रदेशहरुमा एमाले कमजोर बन्दै जान थालेपछि एकालेकाे हातबाट सत्ता फुत्कन थालेकाे छ । 

    एमालेले गण्डकी प्रदेशको सत्ता गुमाउन पुुगेको छ । एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएर पदमुक्त भएसँगै गण्डकीको सत्ता नेपाली कांग्रेसको हातमा पुगेको छ । 

    यसको झट्का आन्तरिक लफडामा फसेको एमालेलाई नराम्ररी लागेको छ । विशेषगरी प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले झट्का महसुस गरेका छन् । 

    प्रदेश १ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा एमालेको सरकार थियो । तर, गण्डकीबाट भने एमालेकाे हातबाट सत्ता फुत्किसकेकाे छ । 

    पार्टीको आन्तरिक किचलो र विवादले सत्ता विपक्षीको हातमा पुुग्ने पाठ सिकेपछि बागमती प्रदेशमा भने एमालेको ओली र माधवुकमार नेपाल समूहबीच मेलमिलाप भएको छ । दुई समूहबीचको मेलमिलापले डोरमणि पोडेल नेतृत्वको सरकार सुरक्षित भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार