Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीकाे पछाडि दाैडेर आफ्नो निष्ठा त्याग्ने मान्छे म होइन: पृथ्वीसुब्बा गुरुङ


    आइतबार, जेष्ठ ३० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार सरकारी निवास छोड्नु अघि  प्रतिपक्षी दलको नेताका रुपमा आफूले सकारात्मक सहयोग गर्न प्रतिवद्ध व्यक्त गरेका छन् ।

    गुरुङले  आइतबार सरकारी निवास छोड्नु अघि गरेको पत्रकार सम्मेलनमा संघीयताको सही अर्थ जनता सामु प्रस्तुत गर्नका लागि स्थिर सरकारको खाँचो रहेको र त्यसका लागि सबै राजनीतिक दल तथा नेताहरुले आफ्ना प्रवृत्ति सुधार गर्नु पर्ने बताए । 

    आफूले प्रदेशसभा विघटनको कुरा नगरेको दाबी गर्दै गुरुङले राजनीतिक स्थिरताका लागि सबै पक्षमा सुधारको खाँचो रहेको बताए । उनले कसैले भनेर आफ्नो निष्ठामा सम्झौता नगर्ने पनि बताए ।

    पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘केपी ओलीले भनेर आफ्नो निष्ठा त्याग्ने मानिस होइन म । तर अहिलेको अवस्थाका लागि उहाँ एक्लैलाई मात्र दोषी देखाउनु पनि उपयुक्त होइन । प्रधानमन्त्री तथा ठूलो दलको नेताको नाताले एउटा पात्र उहाँ पनि हुनुहुन्छ । तर अरु नेता, प्रमुख प्रतिपक्षी दलको भूमिका पनि त छ । विभाजनको रोग सबै दलमा देखिएको छ र यसले स्थिर राजनीतिलाई चुनौति दिएको छ ।’

    गठबन्धन सरकारको भविष्य लामो नहुने विगतका उदाहरणले देखाएकाे बताउदै उनले भने, यो सरकार राम्रोसँग चलोस्, लामो समय चलोस् ।उनले थपे ,अझ यो सरकार त पदका लागि पूर्व, पश्चिम उत्तर, दक्षिणका दल मिलेर बनेको गठबन्धनको भरमा छ। केही तलमाथि हुने बित्तिकै झगडा हुन्छ । त्यसैले अहिले गठबन्धन लामो टिक्ने खालको लाग्दैन, तर लामो समय चलोस् भन्ने चाहना छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार