Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा थप होला ?


    आइतबार, जेष्ठ ३० २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लाका सीडीओहरुको बैठक आज बस्ने भएको छ । दिउँसो ३ बजे बैठक बस्न लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।

    प्रजिअहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण घट्दै गइरहेको छ । 

    वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो । काठमाडौं उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबार सकिदैछ । आजको बैठकमा निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय हुन सक्ने बताइएको छ । 

    काठमाडौंमा हालसम्म ९ हजार २२९, ललितपुरमा ३ हजार ७४४ र भक्तपुरमा २ हजार ७१० जना सक्रिय कोरोना संक्रमित रहेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार