Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • पछिल्लो सुरक्षा अवस्थाका विषयमा छलफल गर्न गृहमन्त्रालयमा सुरक्षा बैठक


    आइतबार, जेष्ठ ३० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । खगराज अधिकारी गृहमन्त्रीमा नियुक्त भएपछि पहिले पटक सुरक्षा बैठक बसेको छ । गृहमन्त्रालयका जारी बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाका विषयमा छलफल भइरहेको छ ।

    गृहमन्त्री अधिकारीले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाका बारेमा जानकारी लिन बैठक बोलाएका हुन् ।

    बैठकको कोभिड–१९ को अवस्था, समग्र मुलुकको शान्ति सुरक्षाको अवस्थाका विषयमा छलफल भइरहेको छ ।

    बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक सैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसा अधिकारी र गृह प्रवक्ता जनकराज दाहाल सहभागी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार