Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अन्तत: दुई दिनमै ‘गाेडसे’काे भुत उत्रिएपछि …


    आइतबार, जेष्ठ ३० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। शुक्रबार बाग्मती प्रदेश सभाको बैठकमा एक अप्रत्यासित शब्द सुनियो । जुन शब्द नेपालको राजनीतिक इतिहासदेखि अहिलेसम्म कहीं कतै पनि सुनिएको थिएन । त्यो शब्द हो ‘नाथुराम गोड्से बन्न तयार हुनुपर्ने’, नाथुराम गोड्से त्यो व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए।  
     
    यसैबिषयमा कांग्रेस नेता नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए ।  सो अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएपछि उनले शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर आवेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचनासहित सो अभिव्यक्ति फिर्ता लिएको भन्दै माफी मागीसकेका छन् ।  

    यद्यपि नेता बैद्यलाई फौजदारी कसुरमा दण्ड दिनुपर्ने माग गरेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने पुन सामाजिक सञ्जालमा बैद्यको माफीलाई बिचराको संज्ञा दिँदै अन्तत: दुई दिनमै गाेडसेकाे भुत उत्रिएको प्रतिकृया दिएका छन्। 

    शनिबार राति नेता थापाले कांग्रेसको बैद्यलाई माफी माग्न आग्रह गरिएको विज्ञप्ति, एमालेको फौजदारी कसुरसम्बन्धी दण्डको विज्ञप्ति र नेता बैद्यको माफी विज्ञप्तिलाई संयुक्त रुपमा शेयर गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार