Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३३८४ जना काेराेना संक्रमित थपिदा ६१ जनाको मृत्यु


    शनिबार, जेष्ठ २९ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एन्टिजेन विधिबाट १९ हजार ७५७ जनामा संक्रमण देखिएको छ ।

    नयाँ संक्रमितमध्ये काठमाडौँमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जना रहेका छन् । यही अवधिमा थप ६२९५ जना संक्रमणमुक्त बनेका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन् । देशमा निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।

    पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने दर बढी रहेका कारण सक्रिय संक्रमितको संख्या घटेर ७१ हजार ३०१ पुगेको छ । 

    यही अवधिमा थप ६१ जनाको मृत्यु भएको छ । नेपालमा ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार