Nepal Face
  • आइतबार, १० साउन २०८३
  • “वैद्यलाई आत्मालोचना गर्न निर्देशन दिइसकियो”: काँग्रेस (विज्ञप्तिसहित)


    शनिबार, जेष्ठ २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाली काँग्रेसले बागमती प्रदेशसभाको नीति  तथा कार्यक्रमबारे छलफलमा प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । 

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएका हुन् । 

    विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस प्रष्ट छ । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन ।’

    कांग्रेसले पार्टीको नीति र संस्कृतिको पालना गर्नु र सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको कर्तव्य भएको प्रष्ट पार्दै विज्ञप्तिमा लेखेको छ,  ‘हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन ।’

    Jesth_29_About_Narottam_Baidya_-_Press_Release_by_Bishwa_Prakash_Sharma_1_WK0du34qnU.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार